Section 19
अस्थायी राहदानी जारी गर्न सकिने
विदेशमा रहेको नेपाली नागरिकको राहदानी बहाल रहने अवधि समाप्त भएमा, हराएमा, नासिएमा वा झुत्रो भएको कारणले प्रयोग गर्न नसकिने भई नयाँ राहदानी बनाउनको लागि नियोगमा निवेदन दिएमा निजलाई नयाँ राहदानी जारी नहुन्जेलसम्मका लागि बढीमा नौ महिना अवधिको लागि नियोगले अस्थायी राहदानी जारी गर्न सक्नेछ।